24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कटारी नगरपालिकाका प्रमुख, उपप्रमुखको घरमा तोडफोड

उदयपुर/ सार्वजनीक जग्गामा बनाएको घर भत्काउने विषयमा विवाद उत्पन्न भएपछि उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयले तोडफोड गरेका छन् । कटारी नगरपालिका–४ जहडीस्थित सार्वजनीक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएपछि स्थानीयले बुधबार दिउँसो प्रमुख श्रेष्ठ, उपप्रमुख राउत र वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारको घर तोडफोड गरेका हुन् । इलाका प्रहरी कार्यलाय कटारीका अनुसार स्थानीयको तोडफोडका कारण चारै जनाको घर पूर्णरुपमा क्षति पुगेको छ ।

घर भत्काएको विरोधमा सयौंको संख्यामा आएका स्थानीयले उपप्रमुख राउत, वडाध्यक्ष दनुवार र नगरपालिकाका सूचना अधिकारी ओम मिश्रको घर तोतफोड गरेपछि प्रमुख श्रेष्ठको घर तोडफोड गरेका थिए । नगरप्रमुख श्रेष्ठको घर तोडपफोड गर्दै आगजनी गर्न खोजेपछि प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको थियो । आगजनीको प्रयासपछि स्थिती नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
उक्त घटना पछि कटारी बजारको तनावग्रस्त रहेको स्थानीयले जानकारी दिएका छन् ।

कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाको मौका छोपेर जहडीमा रातारात घर बनाएका थिए । सार्वजनिक जग्गामा घर बनाएको सूचना आएपछि नगरपालिले स्थानीय सन्तबहादर सुनुवार लगायतको घर भत्काएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स