29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

काभ्रेपलाञ्चोक । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल सुरु गरिएको हो ।

नमोबुद्ध नगरपालिकाको ११ वडास्थित आफ्नो क्षेत्रको नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो ।

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल सुरु भइसकेको र यसका लागि प्रक्रिया थालिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारि दिनुभयो ।

नेपाल सरकारले पर्यटकीय क्षेत्र विकासका लगि स्वयम्भूनाथ बौद्ध लुम्बिनीसँगै नमोबुद्धलाई राष्ट्रिय बुद्ध सर्किटमा राखेको छ । बुद्ध सर्किटमा राखेपछि यहाँ बौद्ध धर्मालम्बी बाहुल्य रहेका चीन, थाइल्याण्ड, म्यानमार, जापान, कोरिया, श्रीलंकालगायत देशहरुबाट पर्यटकहरु पुग्ने गरेका छन् । नमोबुद्धमा पुरातात्विक ऐतिहासिक शिलालेख र दस्तावेजहरु यत्रतत्र देख्न पाइन्छ ।

राजा महारथ पुत्र महासत्वले भोकाएकी सुत्केरी बघिनी र डमरुहरुलाई शरिर दान दिएर बचाएको पौराणिक कथामा आधारित छ नमोबुद्ध । गौतम बुद्धले शिष्यहरुसँग नमोबुद्ध पुगेर ध्यान गरेको जनश्रुति छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स