26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका पुन विजयी

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमरसिंह पुन निर्वाचित हुनुभएको छ । पुनले सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहलाई ८५ मतले पछि पार्दै विजयी हुनुभएको हो । सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहको ७६७ मत आएको थियो ।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मत ल्याएर विजयी हुनुभएको छ । महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ। सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याइ निर्वाचित हुनु भएको छ ।

शनिबार राति १२ बजेदेखि सुरु भएको मतगणना आज बिहान मात्र सकिएको हो । प्रदेश अधिवेशनमा कुल १ हजार ६ सय ३१ मत खसेको थियो ।

वि.सं. २०२७ साल असार ५ गते रोल्पाको राँक गाविस जायचौरमा जन्मनुभएका पुन पहिलो पटक १२ औं महाधिवेशन अन्तरगत २०६७ मा जिल्ला सभापतिमा १३ मतले पराजित हुनुभएको थियो ।

१३ औं महाधिवेशन अन्तरगत २०७२ मा फराकिलो मतान्तरले जिल्ला सभापति जितेका पुन पार्टीमा प्रभाव पार्दै जिल्लामा आफ्नो पकड जमाउन सफल हुनु भएको हो । सोही क्रममा २०७४ मा देउवा नेतृत्वको चुनावी सरकारमा पुन सिँचाई राज्यमन्त्री समेत बन्नुभएको थियो

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स