14.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

बागमती प्रदेश : आठ मन्त्रालय फुटाएर १४ पुर्याइयो

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । बागमती प्रदेश सरकारमा मन्त्रालयहरुको संख्या बढाएर १४ वटा पुर्याइएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुलाई भाग पुर्याउन यसअघि कायम ८ मन्त्रालयलाई फुटाएर १४ पुर्याइएको हो ।

मन्त्रालय विभाजनसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । राजपत्रको सूचना अनुसार अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी ऊर्जा तथा सिंचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय बनेका छन् ।

बागमती प्रदेश सरकारको नेतृत्व हाल नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरेका छन् । सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र साझेदार छन् ।

नेकपा एकीकृत समाजवादीका नेता पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकारमा नेकपा कांग्रेस र माओवादी केन्द्र सहभागी छन् । पाण्डे नेतृत्वको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कृष्ण खनाल, आर्थिक मामिला तथा योजना मन्त्रीमा शालिकराम जमकट्टेल र स्वास्थ्यमन्त्रीमा निमा लामा, सामाजिक विकासमन्त्रीमा कुमारी मुक्तान रहेका छन् । प्रदेशमा मन्त्रालय संख्या थपिएसँगै आर्थिक भार बढ्नेछ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स