24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

शान्ति फाउण्डेसन नेपालद्धारा नुवाकोटमा आँखा शिविर सम्पन्न

नुवाकोट । आर्थिक लगायतका विभिन्न कारणले गर्दा आँखा उपचारको सेवाबाट बञ्चित नुवाकोटका ५ सय जना सर्वसाधरणले आँखा उपचारको सेवा पाएका छन् ।

शान्ति फाउण्डेसन नेपाल र मात्रिका आइज सेन्टरको सहकार्यमा नुवाकोटको माझिटारमा आयोजना गरिएको निशुल्क आँखा शिविरमा ती सर्वसाधरणले आँखा उपचारको सेवा पाएका हुन ।

शिविरमा आँखा परिक्षण गरिएका मध्ये ९७ जनामा मोतिविन्दु देखिएको थियो । मोतिविन्दु देखिएका ९७ जनालाई निशुल्क सर्जरी गरिएको शान्ति फाउण्डेशनले जनाएको छ ।

शिविरमा निशुल्क आँखा उपचारको सेवा पाएका सर्वसाधरणले खुसी व्यक्त गरेका छन् । आफनै गाउँघरमा आँखा जचाउन र निशुल्क औषधि समेत पाउँदा आफूहरुलाई धेरै राम्रो लागेको स्थानीय रामप्रसाद पाठकले बताए ।

शान्ति फाउण्डेसनले विगतमा पनि मुलुकका विभिन्न क्षेत्रमा निशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स