24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

एमालेको पालिकास्तरिय अधिवेशन आज, ओलीले थापाथलीबाट उद्घाटन गर्ने तयारि

काठमाडौं । नेकपा (एमाले)को पालिकास्तरको कमिटी अधिवेशन आज हुँदैछ । एमालेले इतिहासमै पहिलो पटक एकैदिन देशैभरको स्थानीय तहमा नेतृत्व चुन्न लागेको दावी गरेको छ ।

आगामी मंसिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको एमालेले कात्तिकको पहिलो सातामा पालिकास्तरमा कमिटी अधिवेशन गर्न लागेको हो । मुलुकभरका ७५३ स्थानीय तहका साथै आजै विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुने एमालेले जनाएको छ ।

एमालेको परिमार्जित विधान अनुसार गाउँपालिका्नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् ।

पालिकास्तरको अधिवेशनको उद्घाटन एमाले अध्याक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय थापाथलीको वार रुमबाट गर्ने बताइएको छ । अध्यक्ष ओलीले भर्चअल माध्यमबाट दिउँसो १ बजे उद्घाटन गर्ने बताइएको छ । जसका लागि प्राविधिक तयारी पनि पुरा भइसकेको बताइएको छ । एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स