24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बाढीपहिरो पीडितहरुका लागि चाँडै राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको आश्वासन

डडेल्धुरा । बाढीपहिरोले प्रभावित भएका सुदुरपश्चिमका जिल्लाहरुको अनुगमन गर्दै गृह जिल्ला डडेल्धुरा पुग्नु पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपिडितहरुका लागि चाँडै राहत प्याकेज ल्याउने बताउनु भएको छ ।

सुर्खेत,डोटी,बझाङ हुँदै गृह जिल्ला डडेल्धुरा पुग्नु भएका प्रधानमन्त्री देउवाले अमरगढी नगरपालिका १ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधिहरुसंसंग जिल्लामा बाढीपहिरो पिडितहरुका बारेमा जानकारी लिनुभएको थियो । बाढी तथा पहिरो पीडितहरुको तत्काल उद्धार गरि सुरक्षित स्थानमा व्यवस्थापन गर्न गृह जिल्लाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले पिडितहरुको व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने बताउनुभएको छ ।

ब्यारेकमा जनप्रतिनिधिहरुसँगको छलफल पश्चात प्रधानमन्त्री देउवा डडेल्धुराको भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका जोगबुडातिरको हवाई निरीक्षणमा निस्कनु भएको छ । बाढीपहिराले पुयाएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको स्थलगत निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सिगास गाउँपालिका–५ को ढुङ्गाड क्षेत्रमा बाढीपहिराले पु(याएको क्षतिबारे स्थलगत निरीक्षण गर्नुभएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सो अवसरमा उहाँले बाढीपहिराबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताउनुभयो ।

ढुङ्गाड क्षेत्रमा सेती नदीले पाँच घर बगाउनुका साथै १५० बिघा खेती गरेको जमिन बगरमा परिणत गरेको थियो । यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा पहिरामा परी चार जनाको ज्यान गएको थियो । यसका साथै यहाँका एक दर्जन बढी घरमा पहिराले क्षति पु¥याएपछि उनीहरु विस्थापित भएका छन् ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहनुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स