29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कञ्चनपुरमा किसानले काटेर सुकाएको धान खेतमै उम्रियो

कञ्चनपुर । आइतबारदेखि परेको अविरल वर्षाले पाकिसकेको किसानको धान खेतमै उम्रिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, भुजेलामा चार दिनदेखि रुझेको धान उम्रिएको हो ।

आइतबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका कृषकहरूको धानलगायतका बालीमा व्यापक क्षति पुगेको छ । कञ्चनपुरका अधिकांश ठाउँमा काटेर खेतमै सुकाएको धान वर्षाले रुझेको थियोे ।

घर भित्र्याउन ठिक्क अवस्थामा रहेको धान अविरल वर्षाका कारण खेतमै रुझेपछि किसानहरू चिन्तित बनेका छन् । वर्षभरि खान पुग्ने धानबाली घर भित्र्याउने बेलामा बेमौसमी वर्षाले नराम्रोसँग रुझेपछि कञ्चनपुरका किसान यति बेला धान समेट्न र सुकाउन व्यस्त छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स