24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बागवानी केन्द्र मुस्ताङद्धारा ६४ लाखको तरकारी तथा फलफूल बिक्री

मुस्ताङ। हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शितोष्ण बागवानी केन्द्रले गत आर्थिक वर्षमा झण्डै ६४ लाख मुल्य बराबरको तरकारी तथा फलफुल बिक्री गरेको छ । केन्द्रले तरकारी, तरकारीको बिउ, फलफुल तथा फलफुलको बिउ एवम् प्रशोधित सामग्री बिक्री गरेको हो ।

केन्द्रले उक्त सामग्री बिक्री गर्दा ६३ लाख ६२ हजार २ सय २५ रुपियाँ राजश्व संकलन गरेको केन्द्रका निमित्त प्रमुख पद्यराज आत्रेयले बताउनुभयो । आत्रेयकाअनुसार केन्द्रले उत्पादन गर्ने फलफुल, फलफुलका बिरुवा, तरकारी तथा तरकारीको बिउ एवम् प्रशोधित सामग्रीको बिक्रीबाट उक्त रकम संकलन भएको केन्द्रले बताएको छ ।

प्रशोधित बस्तुबाट १३ लाख २६ हजार, ताजा फलफुलबाट ७ लाख ७८ हजार, ताजा तरकारीबाट ६ लाख २२ हजार, आलुको बिउबाट १ लाख ९० हजार, तरकारीको बिउबाट ५ लाख ९५ हजार, फलफुलको बिरुवाबाट १५ लाख ३४ हजार एवम् विविध बिक्री आम्दानी १० लाख २५ हजार रुपियाँको भएको आत्रेयले बताउनुभयो ।

बागवानी केन्द्रले फलफुल अन्तर्गत स्याउ, नास्पाती, अंगुर, खुर्पानी, ओखर, कागती बदाम, आरु, आरु बखडा, हेजल नट उत्पादन तथा बिक्री गर्नेगरेको छ । त्यस्तै प्रशोधित बस्तु अन्तर्गत खुर्पानीको ब्राण्डी, स्याउको ब्राण्डी, प्लम वाइन, स्याउ साइडर, खुर्पानी स्याउको जाम, खुर्पानीको सुकुटी र स्याउको सुकुटी विक्री गर्ने गरेको छ ।

तरकारीको बिउतर्फ रायोको मुल बिउ, सलगमको मुल बिउ, धनियाको मुल बिउ, मुलाको मुल बिउ, बन्दाको मुल विउ, स्विस्र्चाको मुल बिउ र गाजरको मुल बिउ उत्पादन गर्नेगरेको छ । बागबानि विकास केन्द्रले दाँते ओखर, केब एप्पल, आलुको बिउ समेत उत्पादन गर्दछ । त्यस्तै स्याउ, नास्पती, अंगुर, खुर्पानी, ओखर, कागजी बदाम, आरु, आरुबखडा तथा स्याउ बिजुको बिरुवा उत्पादन गर्ने गरेको केन्द्रले जनाएको छ ।

काउली तथा बन्दाको हाइब्रिड बिरुवा, रायो, प्याज, गोलभेडा, गोडभेडा ओपी, काँक्रो हाइब्रिड, जुकिनी, भेडे खुर्सानीको हाइब्रिड, पिरो खुर्सानी, ब्रोकाउलीको हाइब्रिड बिरुवा एवम् कुरिलो र भण्टा ओपी बिरुवा उत्पादन तथा बिक्री गर्नेगरेको निमित्त कार्यालय प्रमुख आत्रेयले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स