29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

धनकुटाका किसान ड्रागन खेतीमा आकर्षीत

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै धनकुटाका सुख्खा क्षेत्रका किसानहरुले ड्रागन खेतीको विस्तार गर्न थालेका छन् ।

स्थानीय तहहरुले समेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानको आकर्षण बढेको हो । ड्रागनका बिरुवा महंगो पर्ने हँुदा सबै किसानको पहुँचमा नरहेकोले सरकारले बिरुवा र प्रविधिमा सहयोग उपलब्ध गराउनुपर्ने किसानहरु बताउँछन् ।

यसको खेतीमा सम्भावाना देखेर लागेका किसानलाई स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक विरुवा र प्रविधिमा सहयोग गर्नुपर्ने कृषि विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स