26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

वडा कार्यालयको शौचालयमा शव फेला


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ ।

निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार शवको पहिचान हुनसकेको छैन । स्थानीयले लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको बताएका छन् ।

शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स