27.1 C
Kathmandu
Tuesday, September 26, 2023

चार महिनादेखि बन्द खोटाङको हलेसी मन्दिर खुल्यो

खोटाङ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै चार महिनादेखि बन्द गरिएको खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर खुला गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएको तथा सङ्क्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०को बैठकको आज बिहानदेखि हलेसी मन्दिर खुला गर्दै पूजाआजा सुरु गरेको हो ।

चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको हलेसी मन्दिर कोभिड सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताउनुभयो ।

कोभिड–१९ को दोश्रो लहरको महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य–नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी हलेसी गुफा प्रवेश गर्ने गेटमा हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिले ताला हालेको थियो ।

बिहान र बेलुकाको नित्य नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो । यसबीचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तिर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोश्रो पल्ट हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीका अनुसार अहिले हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिकरुपमा गरिने नित्य नैनित्य पूजा, प्रार्थना सहित पूजा, प्रार्थना, भजनकिर्तन, कलश यात्रा जस्ता धार्मिक कार्यहरु खुला गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स