26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सुस्त गतिमा बढ्दै कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण सुस्त तर निरन्तर बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा उपत्यकामा दैनिक एक हजार बढी संक्रमित थपिएका छन । बुधबार १ हजार २७९ जना तथा बिहीबार १अ हजार ७८ जना संक्रमित थपिएका छन ।

तर पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा १२ असारयता संक्रमितको संख्या क्रमशः बढेको देखिन्छ । कोरोना महामारीको दोस्रो लहरमा एकैदिन सबभन्दा धेरै संक्रमित २६ वैशाखमा ४ हजार १९८ जना फेला परेका थिए । उक्त दिन देशभर भने ८ हजार ८५० जना संक्रमित थपिएका थिए ।

दोस्रो लहरमा काठमाडौं उपत्यकामा सबभन्दा कम असार १२ गते २४९ नयाँ संक्रमित भेटिएका थिए । त्यसको एक साताअघि अर्थात असार ८ गतेदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन थालिएको थियो । निषेधाज्ञा खुकुलो भएको पाँचौं हप्ता अर्थात ११ साउनमा कोरोना संक्रमित दुई गुणाभन्दा बढी ९ अपार ९९९ जना थपिएका छन ।
काठमाडौं उपत्यकामा पछिल्लो दुई दिनयता दैनिक थपिने कोरोना संक्रमित संख्या एक हजारभन्दा बढी छ । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न जाँदा काठमाडौं उपत्यकामा संक्रमण बढेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउनुहुन्छ ।

डेल्टा र डेल्टा प्लस भाइरस बढी संक्रामक भएको र सामान्य रुघाखोकी जस्ता लक्षण भएका व्यक्ति पनि परीक्षण नै नगरी केही होइन भनेर भीडभाड क्षेत्रमा जाँदा अरुलाई संक्रमण सरेको हुनसक्ने उहाँको भनाइ छ ।

पछिल्लो समय अस्पतालहरुमा पनि कोरोना संक्रमितको चाप बढ्दै गएको भन्दै उहाँले यसलाई राम्रो संकेत मान्न नसकिने बताउनुभयो । काठमाडौं उपत्यकामा मात्रै नभई देशभर संक्रमण बढ्दो क्रममा रहेको भन्दै उहाँले जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स