24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मोबाइल एपले बाख्रा बिक्रि बढायो

बाँके । कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले यो आर्थिक बर्षमा करिब १ करोड बराबरको बाख्रा बिक्रि वितरण गरेको छ । पहिला व्यपारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्रि गर्न नसक्दा किसानहरु घाटा व्यहोर्न बाध्य थिए ।

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ का किसानहरु बाख्रा पालन तर्फ आकर्षित भएका छन् । बाख्रा पालन गर्नका लागि गाँउमै रहेको जननी समाजिक उद्यमी महिला सहकारी संस्थाले बिक्रि वितरण तथा बाख्राहरुलाई चाहिने दाना उपलब्ध गराउदै आइरहेको छ । सहकारीका सबै सदस्यहरुले बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन् ।

पहिला किसानहरुले सहकारीलाई र सहरकारीले व्यापारीहरुलाई बिक्रि गर्दा बिचौलियाले नाफा खाइदिने र बिक्रि हुन धेरै समय लाग्दा किसानहरुले घाटा व्यहोर्न परेको थियो । तर नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले गएको बर्ष देखि केयर कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएपछि किसानहरुलाई मात्र नभएर सहकारीहरलाई पनि सहज भएको छ । कम समयमा बिक्री हुने र बिचौलियाहरु पस्न नपाउने भएपछि संस्थाले एपको माध्यमबाट १ करोड बराबरको बाख्रा बिक्रि गरेको सहरकारीका अध्यक्ष गणेश खत्रीले बताउनु भयो ।

गाँउका मानिसहरुले बाख्रा पालनबाट राम्रो अम्दानी गर्न थालेपछि विगत लामो समय देखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन शुरु गर्नुभएको छ । गाँउको सहकारीले बाख्रा पालनमा सहयोग गर्ने भएपछि अहिले आधुनिक तरिकाको बाख्रा र खोर निर्माणमा लगानी गरेको उहाँले बताउनु भयो ।

राप्ती सोनारीका धेरै सहकारी संस्थाहरुले कृषकहरु सँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरुले उत्पादन गरेका खद्यान्न तथा बाख्रा, कुखुुरा लगातका उपजहरु कृषि पथ मोबाइल एपलबाट खरिद बिक्रि तथा वितरण गरिरहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स