24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पहिरोले पुरै गाउँ जोखिम, १ सय २४ घरपरिवारको त्रिपालको बास

बाजुरा । बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका ९७ घरपरिवार अहिले त्रिपाल मुनीको बास बस्दै आएका छन । गत जेठ २९ गते र असार ३ गते आएको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो आएर पुरै गाउँ जोखिम भएपछि हिमाली गाउँपालिका ४ का २७ र वडा नं ५ को क्यूडीका ९७ गरी १२४ घरपरिवार अहिले खुल्ला आकासको त्रिपालमुनीको रात काट्न बाध्य छन ।

हिमाली गाउँपालिका ५ का स्थानीय दलबिर सार्कीले भन्नुभयो, सडक भाँसिदा गाउँ जोखिममा रहेको छ । त्यही जोखिम भएको ठाउँमा बास बसौँ भने कतिबेला पहिरोले बगाएर लिन्छ , त्यसैले सुरक्षितका लागि गाउँ नजिकैको चौरमा त्रिपाल हालेर बास गर्दै आएका छौँ। उहाँले भन्नुभयो, ‘सानो त्रिपाल छ, त्यसैमा बालबच्चा धेरै छन् ,खानेकुरा पनि केही छैन् । जवान बालबच्चा कसरी जोगाउ, भन्ने चिन्ता परेको छ ।’

जेठ २९ गतेदेखि असार दोस्रो सातासम्म लगातार आएको अविरल वर्षाका कारण गाउँमाथिको सडकनै तल भाँसिएपछि गाउँ जोखिममा रहेको हिमली गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अम्मलाल कार्कीले बताउनुभयो । अहिले बाढीपहिरोबाट प्रभावित भएका घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको हिमाली गाउँपालिका सूचना अधिकारी पराम पाण्डेले बताउनुभयो । हिमाली र स्वामीकार्तिक गाउँपालिकाको पछिल्लो अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय सुरक्षा निकायको सम्मिलित टोली प्रभावित क्षेत्रमा पठाएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । गोरखापत्रबाट साभार ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स