24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रवि लामिछानेद्धारा चितवन-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताएका छन् । सञ्चारकर्म छाडेर पार्टी खोलेका लामिछानेले मनोनयन दर्तापछि फेसबुकमा लेखेका छन्, ‘यसपटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर ।’

लामिछाने एमालेका कृष्णभक्त पोखरेल र सत्तारुढ गठबन्धनका उमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स