24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विशेषज्ञ उपचारको लागि शिविरकै भर !

दाङ । गढवा गाउँपालिका ७ मकनवा निवासी ८५ वर्षीय सोनु चौधरी उपचारको लागि धेरै ठाउँ धाउनु पर्यो । तर, निको भएको छैन । छोरा लखन चौधरीले पिठ्युँमा बोकेर चैनपुर पुर्‍याए । ‘बुवा हिँडडुल गर्न सक्नुहुन्न । बिरामीले थलिनु भएको छ । राम्रो डाक्टर भेट्न यहाँ आयौँ झछोरा लखनले भने,’ शिविरको उपचारले निको हुन्छ किरु

अर्जुन डाँगीको दाँतमा समस्या देखियो । दाँतको उपचारको लागि जिल्ला सदरमुकामनै पुग्नुपर्ने अवस्था छ । गाउँघरमा खुलेका स्वास्थ्य चौकीमा दाँतको उपचार हुँदैन । त्यसैले डाँगीले गाउँमा आउने स्वास्थ्य शिविर कुरेर बस्नुपर्यो । विशेषज्ञ उपचारको लागी अधिकांश सर्वसाधारण यसैगरी निःशुल्क स्वास्थ्य शिविर पर्खेर बस्नुपर्ने बाध्यता रहेको छ ।

गढवा गाउँपनलिका ४ सालझुण्डी निवासी ८० वर्षीय रामप्रसन अहिरको दुबै आखाँमा मोतियाबिन्दु छ । पहिलो पटक आँखा उपचार गर्न शिविरमा पुगेका उनको आँखामा मोतियाबिन्दुको समस्या देखिएको हो । ‘आँखामा समस्या छ । उपचारपछि निको हुन्छ कि१ उनले भने ‘उपचार गर्न पैसा थिएन । त्यही भएर शिबिरमा पुगे । ‘६९ वर्षीय शिवप्रसाद चौधरीको सास बढ्ने समस्या छ । जसले सधै पीडा दिन्छ ।’

विशेषज्ञ उपचारको लागि अझै स्वास्थ्य शिविर कुर्नुपर्ने बाध्यता छ । सर्वसाधारण सबैको विशेषज्ञ स्वास्थ्य उपचारमा पहुँच पुगेको छैन । जसले गर्दा बेलाबखत गाउँघरमा आयोजना गरिने शिविरमा उपचारको लागि भीड लाग्ने गरेको हो ।

गढवा गाउँपालिका( ५ चैनपुरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारको लागी पुग्नेहरूको भिड्नै लाग्यो । स्थानीय अस्पताल तथा स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा सञ्चालन नभएकाले उपचारको लागि शिविरको भर पर्नु परेकोले बिरामीको भीड लागेको हो । आर्थिक अवस्था कमजोर भएका नागरिकहरू अझैँ पनि रोग पालेर बस्नुपर्ने अवस्था छ । हाडजोर्नी, नशा सम्बन्धि समस्या, आँखा, दाँत, नाक, कान, घाँटी, उच्च रक्तचाप, मधुमेह, स्त्री रोग लगायत समस्याको निदानको लागी शिविर आयोजना गरिएको हो । देउखुरी निसराउ समूहले शिविरको आयोजना गरेको थियो । विशेषज्ञ जनशक्तिको अभावको कारण अझैँ शिविर कुरेर बस्नुपर्ने अवस्था देखिएको हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर राजेश चौधरीले बताए। ‘विशेषज्ञ डाक्टर सहितको अस्पताल चाहिएको छ । अझैसम्म देउखुरीका सरकारी अस्पतालमा यो सुविधा छैन ।’ उनले भने,’उपचारलाई सहज र सर्वसुलभ बनाइनुपर्छ ।’

रोग लाग्नु भन्दा लाग्नै नदीको लागि नागरिकहरू आफै सचेत हुनुपर्ने सुझावसमेत दिइएको छ । सहरी विकास मन्त्री मेटमणी चौधरीले रोग लाग्नबाट जोगिन खानपान र आनीबानीमा सुधार ल्याउन सुझाव दिए । ‘हामीले खानपिन र आनिबानीमा सुधार ल्याउनुपर्छ’ उनले भने,’जसका लागि हामी सबै सचेत र सजग हुनुपर्छ ।’

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारूले लमही अस्पतालको स्तरबृद्धि गरेर विशेषज्ञ उपचारसहितको सेवा थप गर्नुपर्ने बताए ।’ देउखुरीका जनताको यहीँ उपचार हुने व्यवस्था गर्न खोजिएको छ । लमही अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने हुन्छ।’ उनले भने,’स्तरबृद्दि गरेर १०० वेडको पुर्‍याउनु पर्छ ।’

नागरिकहरू अझैँपनि विशेषज्ञ स्वास्थ्य उपचारको पहुँचमा छैनन् । त्यसैले स्थानीय स्तरका सरकारी स्वास्थ्य निकायमा अनिवार्य रूपमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु गर्न ध्यान दिनुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स