24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

घरमै बसेका संक्रमित कसरी सुरक्षित रहने ?


स्वास्थ्य मन्त्रालयले २०७७ जेठ २० मा कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्वन्धि निर्देशीका २०७७ जारी गरेको थियो ।
हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउनुपर्ने निर्देशीकामा भनिएको छ । यस्तै, पर्याप्त मात्रामा पानी, झोलीलो र पोसीलोयुक्त खानेकुराहरु खानुपर्ने हुन्छ । प्रयोग गरीएका भाँडाहरु सुरक्षित रुपले सफा गर्ने र राम्रोसंग सुकेपछि मात्रै प्रयोग गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

प्रयोग गरीएका भाँडाहरु सुरक्षित रुपले सफा गर्ने र राम्रोसंग सुकेपछि मात्रै प्रयोग गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
हात धुने स्थानहरु संक्रमणको स्रोत हुन सक्ने भन्दै विशेष ख्याल गर्नुपर्ने हुन्छ । धेरै प्रयोग हुने चिजहरु जस्तैः ढोका,टेबल लगायत सामानहरुको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने निर्देशीकामा भनिएको छ ।

संक्रमितको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र संक्रमण देखिएको व्यक्तिले अनिवार्य रुपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्नेछ ।
बढि जोखिममा रहने समुहहरु, दिर्घरोगीहरु, सुत्केरी महिलाहरुले संक्रमितको सम्पर्कबाट टाढा राख्ने कुरा निर्देशीकामा समेटिएको छ ।
श्वास प्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी भएको महसुस भएमा, ओठ तथा अनुहार निलो देखिएमा, होस हराएमा वा अन्य कुनै जटिल अवस्था देखिएमा स्वास्थ्यकर्मिलाई जानकारी गराउने भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स