24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुगुका १२ हजार विद्यार्थीलाई स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण

मुगु । हिमाली जिल्ला मुगुका १२ हजार विद्यार्थीलाई स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरिएको छ । गुड्नेवर जापान नामक सस्थाको आर्थिक तथा प्राविधीक सहयोग र स्थानीय साझेदारी सस्था कर्णाली गरिबी न्यूनिकरण तथा विकास मञ्चको समन्वयमा उक्त सामग्री वितरण गरिएको हो ।

छायानाथ रारा नगरपालिकाको १५, खत्याड गाँउपालिकाको ८, सोरु गाँउपालिकाको ८ गरी जम्मा ३१ विद्यालयमा अध्यानरत १२ हजार बालबालिकालाई विभिन्न स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरिको छ ।

प्रत्येक विद्यार्थीलाई नुहाउने साबुन १ थान, नेलकट १ थान, ब्रस र दन्त मन्जन एक–एक थान र सेनिटरी प्याट वितरण गरिएको गुड्नेवर नेपाल जिल्ला टोलीनेता राजेन्द्रराम लुहारले जानकारी दिनुभयो ।

त्यस्तै प्रत्येक विद्यालयमा कार्यरत कार्मचारी र शिक्षकको लागि नुहाउने साबुन २० थान, म्याटेस बेड् १ थान, तन्ना १ थान, सिरानी १ थान, ब्ल्यामकेट १ थान, स्यानिटरी प्याट ४० थान, भित्रीबस्त्र २० थान वितरण गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स