काठमाडौँ । कोरोना महामारीको जोखिम बढीरहेकै बेला काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यालय सञ्चालन गर्ने भएको छ।
गोकर्णेश्वर नगरपालिकाले भदौ १५ देखि विद्यार्थीहरुको भौतिक उपस्थितिमै सबै विद्यालय खोल्ने निर्णय गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने सहमति भएको जनाएको छ ।
त्यस्तै, विद्यालयमा तोकिए बमोजिम स्वास्थ्य निर्देशिकाको पालना तथा व्यवस्थापन नभएको पाइएमा कारवाही हुने समेत विज्ञप्तिमा उल्लेख छ ।
