26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

शहर बजारमा अनलाइन कक्षा शुरु : गाउँमा सुनसान

डोटि । कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ । शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन ।

ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा कलेलले बताइन्। उनले भनिन्, “गाउँमा फोनले समेत खासै काम गर्दैन, अनलाइन कक्षा पढाउने त झनै कुरै भएन, हाम्रा बालबालिकाको भविष्य अन्धकार भयो ।” यहाँका गाउँघरमा शहर बजारभन्दा बढी विद्यालय भएको र गाउँमा इन्टरनेट नभएका कारण विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकमा चिन्ता थपिएको छ ।

लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा रहेका विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका भए पनि गाउँमा रहेका विद्यालयले अहिलेसम्म कुनै पनि वैकल्पिक उपाय अपनाउन सकेका छैनन् । कोरोना कहर कायमै रहे विद्यालय नखुलेको खण्डमा यहाँका विद्यार्थी नपढिकनै परीक्षा दिन बाध्य हुने अर्का स्थानीयवासी चक्रबहादुर बोहराले बताए । उनले भने, “कोरोना कहरका कारण शैक्षिक संस्था खुल्न सकेका छैनन्, विद्यार्थीको पढाइ हुन सकेको छैन, यस्तै चलिरहे विद्यार्थीले नपढेरै परीक्षामा समाले हुन अवस्था आउने छ ।”

गाउँका विद्यालयमा कुनै पनि माध्यमबाट पढाइ नभएपछि यहाँका स्कूले बालबालिका दिउँसोको समय गोरु गोठालो तथा राति सुत्नेभन्दा अरु कुनै विकल्प नरहेको सामुदायिक विकास मञ्च नामक गैरसरकारी संस्थामा कार्यरत यशोदा मल्लले बताइन् । उनले भनिन्, “गाउँमा न अनलाइन कक्षा शुरु छ, न त विद्यालय खुलेका छन्, बालबालिका त दिनभरि गोरु गोठालो हुनमै व्यस्त छन्, उनीहरुको भविष्य अन्धकार हुँदै गएको छ ।” यतिमात्र नभई यहाँका शहर बजार नजिकका विद्यालयमा नयाँ शैक्षिक सत्रका पुस्तक पुगे पनि गाउँघरमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।

बर्सातले बाटो अवरुद्ध भएका कारण गाउँघरमा समयमै पुस्तक ढुवानीका लागि समस्या हुँदै आएको अमरपुस्तक भण्डार दिपायल पिपल्लाका सर्वजीत देउवाले बताए । उनले भने, “शहर बजार क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पु७थभलसयाइसकेका छौँ, गाउँमा वर्षाले समस्या भएका कारण ढुवानी हुन सकेको छैन, सहज भए चाँडै पु¥याउने छौँ ।”

यहाँका दिपायल, पिपल्ला, राजपुर, सिलगढीलगायतका शहरी क्षेत्रमा वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको दिल्पेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीर्घबहादुर कठायतले जानकारी दिए । कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि गाउँमा कुनै पनि माध्यमबाट पठनपाठन हुन नसक्दा गाउँघरमा रहेका विद्यार्थीलाई पढाइमा निकै समस्या भएको उनको भनाइ छ ।

शहरी क्षेत्र तथा इन्टरनेटले काम गर्ने क्षेत्रका विद्यालयले यही असार १५ गतेदेखि अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गरेका छन् । यहाँका बजार क्षेत्रका विद्यालयमा अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा धामधम पठनपाठन भइरहेको बताइएको छ । विद्यार्थीको पढाइमा निकै समस्या भएको भन्दै यहाँका गाउँघरमा समेत इन्टरनेटको पहुँच पु¥याउन अभिभावकले माग गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स