24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रोकिएका सबै परीक्षा सञ्चालनको तयारीमा लाग्न लोकसेवा आयोगको निर्देशन

काठमाडौँ ।लोकसेवा आयोगले रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन दिएको हो । कोभिडको अवस्थामा परीक्षा सञ्चालनसम्बन्धी मापदण्डअनुसार रोकिएका परीक्षा सञ्चालनको तयारी गर्न भनिएको छ। आयोगले यसअघि पनि मापदण्डअनुसार केही परीक्षा सञ्चालन गरेको थियो ।

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले मातहतका कार्यालय प्रमुखहरूलाई कोरोना सङ्क्रमणको दर कम भएलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । उहाँले रोकिएका परीक्षा छिटो सक्नका लागि दुई÷तीन सिफ्टमा पनि काम गर्नुपर्ने भएकाले आवश्यक सामग्री र जनशक्ति चुस्त दुरुस्त रूपमा राख्नका लागि आग्रह गर्नुभएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार परीक्षा केन्द्र तोक्नका लागि ठाउँको अभाव हुनसक्ने भएको हुँदा त्यसका लागि विद्यालय र क्याम्पससँग समन्वय गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ।

साथै आयोगले वार्षिकोत्सवका अवसरमा तीन जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । आयोगमा कार्यरत शाखा अधिकृत यमुना सापकोटा, कार्यालय सहयोगी सुकमान तामाङ र दिपायल कार्यालयका नायब सुब्बा मानबहादुर साउदलाई पुरस्कृत गरिएको हो । यसैगरी आयोगले सूचना प्रविधिमा काम गर्ने कम्प्युटर अपरेटर तीन जनालाई पनि सम्मानित गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स