26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निजामतीसरह मर्यादा नपाएको भन्‍दै नाम हटाइदिन कैलालीका शिक्षकहरुको आग्रह

काठमाडौं। कैलाली घोडाघोडी नगरपालिकाको राष्ट्रिय माध्यामिक विद्यालय तारानगरका शिक्षकहरुले निर्वाचन आयोगले तह र श्रेणी अनुसारको जिम्मेवारी नदिएको भन्दै नाम हटाइदिन आग्रह गरेका छन् ।

राष्ट्रिय माध्यमिक विद्यालयका माध्यमिक तह तृत्तीय श्रेणीमा स्थायी र राहत शिक्षकको नाम सहायक कर्मचारीमा खटाइएकोले तह र श्रेणी अनुसारको पद नमिलेकाले मावि तृतीय श्रेणीका स्थायी शिक्षकहरु सुवोध कुमार शर्मा, मनोज कुमार जोशी, हरिदत्त भट्ट र राहत शिक्षक बलभद्र देवकोटाले सुखड कैलाली निर्वाचन अधिकृतको कार्यलयमा निवेदन दिएका छन् ।

शिक्षक सुवोध कुमार शर्माले निर्वाचन अधिकृतसँग छलफल गर्ने क्रममा निमावि तृत्तीय श्रेणीको शिक्षकको विवरण परेकोले सहायक कर्मचारीमा राखिएको र गल्ती भएको स्वीकार गरेको बताए । शिक्षक सुवोध कुमार भन्छन् ‘हामीले निर्वाचन अधिकृत ज्यूसँग कुराकानी गर्दा उहाँले कर्मचारी विवरणमा निमावि तृत्तीय श्रेणीको शिक्षक भएकोले सहायकमा राखिएको भन्नु भएको छ ।’

निर्वाचन अधिकृतसँगको छलफलपछि उनीहरुले निवेदन दिएको र नाम हटाईदिने प्रतिबद्धतापछि निवेदन उनले बताए । ‘अधिकृत ज्यूले तपाईंहरुलाई इच्छा नभए निवेदन दिनुहोला म हटाउँछु भन्नुभएकोले निवेदन दिएका हौं ।’ उनले भने ।

जिल्ला निर्वाचन आयोगले शिक्षक सुवोध कुमार शर्मालाई मतदान केन्द्र मेलघट्टी मावि दिपनगर ‘ङ’, शिक्षक मनोजकुमार जोशीलाई सरस्वती मावि शिखरखोला ‘ख’, हरिदत्त भट्टलाई सरस्वती मावि शिखरखोला ‘क’ केन्द्रमा र बलिभद्र देवकोटालाई राष्ट्रिय मावि नकफोडुवा ‘ग’ केन्द्रमा सहायक कर्मचारीको रुपमा खटाएको छ । त्यस्तैगरी दोलखा चरिकोटको क्षत्रवती माध्यमिक विद्यालयका प्रावि तह प्रथम श्रेणीका शिक्षक निरबहादुर बस्नेतले पद अनुसारको जिम्मेवारी नदिईएकोले सोही जिम्मेवारीमा निर्वाचनमा खटिएर जान नसक्ने निवेदन दिएका छन् ।

शिक्षक बस्नेतले निवेदनमा पद अनुसारको मर्यादाक्रम उपयुक्त हुने खालको कार्यभारसहित जिम्मेवारी दिएमा मात्र निर्वाचनमा खट्ने जनाएका छन् । उनलाई जिल्ला निर्वाचन आयोगले नविन मावि मतदान केन्द्र ‘ग’ मा सहायक कर्मचारीको जिम्मेवारी दिएको छ ।

यसअघि मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटका क्रममा शिक्षकहरुलाई उचित मर्यादा नदिएको महासंघको शिक्षक महासंघले विज्ञप्ति निकालेर आपत्ति जनाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स