24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्को तालाबन्दी

काठमाडौ । विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ ।

परिषद्का महासचिव शान्तिनाथ योगिका अनुसार उपत्यकाको विद्यालय तालाबन्दी गर्नको लागि ४१ सदस्यीय समिति गठन भएको छ । उनले भने, ‘जिल्लामा साथीहरूले तालाबन्दी गरिसक्नु भएको छ । उपत्यकाका विद्यालय बन्द गर्न अनुरोध गरेका छौं । त्यसको अनुगमन गर्न ४१ सदस्यीय समिति गठन गरेर बन्द नभएका विद्यालयमा ताला लगाउँछौ ।’ जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उनको भनाइ छ ।

सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् । उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिंदै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स