23.1 C
Kathmandu
Monday, June 17, 2024
spot_img

आजदेखि उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गरिने

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौँ । दसैँ नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । यो क्रम दसैँको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने छ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैँमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स