29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कांग्रेस महाधिवेशनमा ६ बुँदे आचारसंहिता जारी, मतदान गर्दा मोबाइल लैजाने नपाइने

काठमाडौँ । कांग्रेस चौधौं महाधिवेशन निर्वाचन समितिले ६ बुँदे आचारसंहिता जारी गरेको छ। बुधबार निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले ६ बुँदे आचारसंहिता जारी गरेका हुन्।

जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्य र सामान्य अपिल वितरण गर्न सकिने छ। कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्न नपाइने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको केन्द्रीय कार्यालय र राष्ट्रिय सभागृह र भृकुटीमण्डपको वरपर पाँच सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री, ब्यानर, भित्तेलेखन, पोस्टर, चुल, पम्प्लेट टाँस्न र माइकिङ गर्न नपाइने आचारसंहितमा उल्लेख छ।

प्रचारलाई मर्यादित, संयमित र अनुशासित बनाउन निर्वाचन समितिले अनुरोध गरेको छ । मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने भएको छ।

कांग्रेस महाधिवेशन मंसिर २४ मा उद्घाटन हुँदैछ। उम्मेदवारी मनोनयन मंसिर २५ मा, मतदान मंसिर २७ बिहान ८ बजेदेखि हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स