24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

चिसो बढेपछि उच्च हिमाली क्षेत्रका भेडाबाख्रा बेँसी झारियो

कालीकोट । बिहीबार साँझदेखि कालीकोटलगायत उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात हुँदा चिसो निकै बढेको छ । चिसो बढेपछि त्यहाँ पालिँदै आएका भेडाबाख्रा बेँसी सार्न थालिएको छ । कालीकोटको रास्कोट नगर क्षेत्रको चडिपानी, सान्नीत्रिवेणी गाउँपालिकाको उपियाँडाँडा, नदै, मालिवन क्षेत्रमा राखिएका भेडा औल ९गाउँ०तिर सारिन थालिएको हो ।

अब दिनप्रतिदिन चिसो बढ्ने भएकाले हिमाली क्षेत्रमा रहेका भेडाबाख्रा तल्लो भेग अछाम, डोटी, दैलेख लैजान थालिएको रास्कोटका भेडापालक गगनबहादुर खड्काले बताउनुभयो । मङ्सिरको अन्तिम र पुसको पहिलो हप्तासम्म कालीकोटमै राख्ने र त्यसपछि चिसो झन् बढ्ने भएकाले अछाम हुँदै डोटीसम्म लैजाने उहाँको योजना छ । यसरी चिसो छल्न औल झारिएका भेडाबाख्रा चैतको पहिलो हप्तातिर फेरि लेकतिर फर्काइन्छन् ।

आफ्नो गोठ चुलीबाट मान्म झार्दै गर्नुभएका भेडापालक महावीर खड्काले मौसम बदलिएसँगै भेडाको बास र चरन पनि बदल्ने गरेको बताउनुभयो । अहिले पहिलाजस्तो पशुपालन गर्न सजिलो छैन । पहिला सामुदायिक वन थिएनन् । अहिले सबै ठाउँमा सामुदायिक वन दर्ता गराएकाले चरिचन क्षेत्र कम भएर पशुपालन गर्न समस्या रहेको उहाँले बताउनुभयो ।

रास्कोटका कृष्णाखर सिम्खडाले सामुदायिक वनलाई चरिचरन तिर्नुपर्ने र उस्तै परे अन्य जरिवानासमेत तिर्नुपर्ने भएकाले पशुपालनमा संलग्न कृषक सङ्कटमा रहेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स