29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

जानकी महोत्सव प्रभावित

जनकपुर/ कोरोना संक्रमणको प्रभावले जनकपुरधाममा धुमधामका साथ मनाइने जानकी नवमी पर्व प्रभावित भएको छ । पछिल्लो वर्षसमेत कोरोना संक्रमणकै कारण राम्ररी मनाउन नसकिएको जानकी नवमी पर्व यस वर्ष पनि कोरोनाभाइरसकै कारण प्रभावित भएको हो । जानकी नवमीका दिन भक्तजनहरुको घुइँचो लाग्ने जानकी मन्दिर अहिले सुनसान छ ।

जानकी नवमीको दिन अहिले जानकी मन्दिरको मुल प्रवेशद्वार नै बन्द छ । फाट्टफुट्ट एकदुईजना मन्दिर दर्शनका लागि आउने गरे पनि जानकी नवमी पर्व खल्लो लागेको बताएका छन् ।

स्थानीय रिमा यादवले कोरोना संक्रमणका कारण जानकी मन्दिर दर्शन गर्न बिहानै आए पनि यस वर्ष कुनै किसिमको कार्यक्रम नहुँदा खल्लो लागेको बताउनुभयो । जानकी मन्दिरका पुजारी रामरोशन दासले श्रद्धालु भक्तजनलाई घरबाटै पूजा आराधना गर्न भनिएको बताए । बिहारकुण्ड जानकीको बाल्यावस्थामा आफ्नो साथीसँग खेल्ने स्थल रहेको धार्मिक मान्यता छ ।

बिहारकुण्डमा जम्मा ११ वटा मन्दिर छन् । सबै मन्दिरमा जानकी जन्मको अवसरमा विशेष कार्यक्रम हुँदै आएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स