24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रोकिएन नदीजन्य दोहन, नियमनकारी निकाय मौन

काठमाडौं । देशभरका कैयौं नदी र खोलानालामा वर्षौंदेखि अनुमतिबिनै जथाभावी उत्खनन भइरहेका छन् । अनुमति लिएर उत्खनन गरेकाहरूले पनि सरासर मापदण्डको उल्लंघन गरेका छन् । यसैक्रममा गुल्मीमा नदीजन्य सामग्रीहरूको अत्यधिक दोहन हुँदासमेत सरोकारवालाहरू र स्थानीय प्रशासन मस्त निद्रामा छन्। जिल्लाको इश्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाको सिमानामा रहेको छल्दीखोलाबाट ठूला(ठूला स्काभेटरहरु प्रयोग गरी नदीजन्य प्रदार्थहरु दोहोन भइरहेको छ।

कैयौँ पटक सो स्थान हुँदै जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरु ओहोरदोहोर गर्छन् तर उनीहरू पनि आँखा चिम्लेर हिँड्ने गरेको पाइएको छ।

कानुनी हिसाबले नदीजन्य पदार्थ निकाल्न मेसिनहरु प्रयोग गर्न पाइँदैन तर कानुन हातमा लिएर यहाँ नदीजन्य पदार्थहरुको खुलेहाम दोहन भएको छ।
यस्तै, इश्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले आफूले पटक(पटक जिल्ला प्रशासन, समन्वय प्रमुखलगायत सरोकारवालाहरूसँग दोहन भयो भनेर कुरा राख्दासमेत कसैले नसुनेको गुनासो गरिन्।

पटक(पटक सरोकारवालाहरूसँग गुनासो गर्दा पनि नसुनेपछि प्रहरी,गाउँपालिकाका इन्जिनियरसहितको टोली लिएर छल्दीमा जान लागेको उनले बताइन्।

वातावरणीय परीक्षणको रिपोर्ट साथमा लिएर जाने र मापदण्डविपरीत गरेको पाइएमा स्काभेटर र ट्रिपरहरुको चाबी कब्जामा लिने र आवश्यक कारबाही गर्न पछि नपर्ने उनले चेतावनी दिइन्।

गाउँपालिकाभित्र अनुगमनको पाटो उपाध्यक्षको भएको भन्दै कसैले साथ नदिए पनि अब पछाडि नहटने खत्रीले बताइन्। मापदण्डविपरीत भएको भए प्रशासन र प्रहरी अब कसैलाई पनि नकुर्ने उनको भनाइ छ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँका विकास गर्दा स्थानीय कच्चा पदार्थ प्रयोग नै मुख्य भएको बताए। गुल्मीको विकास गर्नका लागि पाल्पा र बाग्लुङबाट गिट्टी बालुवा ल्याउन सम्भव नभएको भन्दै संघीय कानुन नै व्यावहारिक नभएको बताए।

नदीजन्य पदार्थ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स