26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मेलम्ची खानेपानी पुर्णरुपमा सुचारु गर्न अझै पाँचबर्ष बढी लाग्ने

काठमाडौं । काठमाडौ उपत्यमा खानेपानीको आपूर्तीका लागि महत्वपुर्ण ठानिएको मेलम्ची खानेपानी आयोजना पुर्ण रुपमा सुचारु गर्न अझै पाँचबर्ष बढी लाग्ने भएको छ ।

दुईबर्ष पहिले आएको बाढीको क्षतिका कारण मेलम्ची खानेपानीको मुहान पुरिएपछि सो मुहानलाई पाँचसय मिटर माथि सार्नुपर्ने भएकाले पानी वितरणमा अझै पाँचबर्ष बढी समय लाग्ने मेलम्ची खानेपानी विकास समितीले जनाएको छ ।

मुहान सार्नुपर्दा समय लम्बिनुका साथै आर्थिक भार पनि थपिने भएको छ । विकास समितीका अनुसार नयाँ मुहान बनाउन करीव चार अर्ब रुपैयाँ खर्च हुने आंकलन गरिएको छ ।

एशियाली विकास बैंकको ॠृण सहयोगमा २२ बर्ष अघि सुरु भएको मेलम्ची खानेपानी आयोजनाका लागि हालसम्म करीव ६० अर्ब रुपैया खर्च भईसकेको छ । तर अहिले केही समयका लागि अस्थायी रुपमा उपत्यकाभित्र पानी वितरण गर्ने तयारी भईरहेको मेलम्ची खानेपानी विकास समितीले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको क्षमता दैनिक १७ करोड लिटर रहेको छ । काठमाडौ उपत्यमा हाल दैनिक ४० करोड लिटिर पानीको माग रहेको छ । तर अहिले काठमाडौ उपत्यका खानेपानी लिमिटेडले दैनिक १० करोड लिटर पानी वितरण गदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स