24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सरकारले दिएको राहत रकम मृतक परिवारले बुझे

रुकुम पश्चिम । तीन हप्ताअघि जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुम पश्चिमका सबै मृतकका परिवारले नगद राहत रकम बुझेका छन् ।

भूकम्पपछि गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम बुझ्न् छुटेका र केही कागजी प्रक्रिया नमिलेकाको बाँकी प्रक्रिया पूरा भएसँगै सबै मृतकका परिवारले राहत रकम बुझेका हुन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार ५३ जना मृतकका नजिकका कानुनी हकदारले विपद् पीडित उद्धार राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम राहत रकम बुझेका छन् ।

जसअनुरूप रुकुम पश्चिम मार्फत ३२ घरका ५० जना मृतक परिवारलाई स्थलगत रुपमा पुगेर ८३ लाख राहत रकम प्रदान गरिएको छ । अन्य तीन जना मृतक परिवारको हकमा भने सल्यान प्रशासनबाट राहत रकम उपलब्ध गराइएको प्रजिअ पन्तको भनाई छ ।

जाजरकोट भूकम्पबाट रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको थियो । सोही अनुसार सरकारले घोषणा गरेको प्रति मृतक परिवारलाई दुई लाखका दरले राहत रकम प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स