24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

इस्मा गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार पालिकाको वडानम्बर १ मा हर्पुकोटमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी, वडाअध्यक्ष शेरबहादुर कुँवरले जेष्ठ नागरिकलाई सम्मान स्वरुप हर्लिक्स, च्यावनप्रास र छाता वितरण गरिएको हो ।

पालिकाको वडानम्बर १ मा रहेका ८६ वर्ष माथिका २० जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप स्वास्थ्यवर्दक सामाग्री प्रदान गरिएको वडाअध्यक्ष कुँवरले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य परामर्श समेत प्रदान गरिएको वडाअध्यक्ष कुँवरको भनाइ छ ।

जीवनको उर्जाशिल उमेर परिवार र समाजलाई खर्चिएर बृद्ध बन्नु भएका जेष्ठ नागरिकसँग पालिका सँगसँगै छ भन्ने सन्देश प्रवाह गर्न सामाग्री प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो । सोही कार्यक्रममा पालिका अध्यक्ष खड्का, उपाध्यक्ष कुँवरले जेष्ठ नागरिकसँग समस्याहरुसँगै सुझाव सल्लाह आदानप्रदान समेत गरिएको थियो ।

जेष्ठ नागरिकका समस्या बुझने र अनुभव सुझावलाई आत्मसाथ गरेर अगाडी बढने उदेश्य पालिकाको रहेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स