24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

मनसुन जन्य विपदमा उद्धारको नमूना अभ्यास

गुल्मी । गुल्मीमा वर्षायाममा बाढिमा गरिने उद्धार कार्यको नमूना अभ्यास गरिएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दीमा सार्दुल सांग्राम गुल्म र सशस्त्र प्रहरी वल ३७ नम्बर गुल्म गुल्मीको टोलीले सयुक्त रुपमा वर्षायामको खोलामा बाढीमा गरिने उद्धार कार्यको नमूना अभ्यास गरेको हो ।

वर्षायाममा खोला तर्ने क्रममा बाढीमा बग्दै गरेका नागरिकलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने उदेश्यले छल्दी खोलामा नमूना अभ्यास गरिएको सशस्त्र प्रहरी वल गुल्मीका प्रहरी नायव उपरीक्षक नीभन खड्काले बताउनुभयो । नमूना अभ्यासमा वर्षायाममा खोलामा बग्दै गरेका मानिसहरुको उद्धारमा कसरी गर्ने बारे नमूना घटना बनाइएको थियो ।

बाढीमा बग्दै गरेका मानीहरुलाई नेपाली सेना सार्दुल संग्राम गुल्म धागिथु्म ब्यारेका गुल्मपति सेनानी अनिल खडका, सशस्त्र प्रहरी बल ३७ नम्वर गुल्मका गुल्म पति डिएसपी नीभन खडका उद्धार कार्यको नेतृत्व गर्नुभएको थियो ।

उपसेनानी प्रज्वल पाण्डेले घटनास्थलको ब्रिफिङ्ग गर्दै गरेको नमूना अभ्यास गराइएको थियो । नमूना घटनामा खोलामा बगेका एक जना मानिसलाई उद्धार गर्न जटिल देखिन्थ्यो तर उद्धारमा खटिएका सुरक्षा टोलीको माध्याबाट उद्धार गरिएको थियो । खोलापारी घर तर्फका सामाग्री, घाईते बालबालिका वारी ल्याउन पनि सेनाले तयार पारेको विभिन्न उद्धार सामग्री प्रयोग गरियो । त्यस पछि पारीका एक जना घाईतेलाई स्टेचरमा राखेर वारी तार्नका लागि खोला माथी वारीपारी डोरी टाँगिएको थियो ।

उनलाई तार्दाको दृश्य देखेर बिद्यार्थीहरु छक्क परिरहेका थिए । त्यो भन्दा बढि छक्क पार्ने दृश्य थियो पनाहखोलाको पुलैमुनीको भुमिरमा एक जना मानिस डुबेको देख्छ र उनको उद्धारका लागि पुल देखि खोलसम्म डोरीबाट सुरक्षाकर्मी झर्छन र उद्धार गरेर पारी लैजान्छन । रोचक र दर्दनाक लाग्ने त्यो दृश्यपछि वारी रेडक्रशको स्वास्थ्य शिविरमा ल्याईएका ति घाईतेको पेट निकै फुलिएको थियो । निचरेर पानी फालि सकिए पछि ती घाईते नमूना अभ्यास गरेका व्यक्ति नै गलाल्ला हाँसे पछि उहाँको पेट उस्तै थियो ।

यसरी नमूना अभ्यास गरेका बाढीमा उद्धार गरिएको हो । वर्षायाममा हुनसक्ने विपद् मानविय क्षती नहोस भन्ने उदेश्यले खोलामा नमूना अभ्यास गरिएको सार्दुल सांग्राम गुल्मका सेनानी अनिल खड्काले बताउनुभयो । नमूना अभ्यास कार्यक्रममा जिल्लाका प्रमु्ख जिल्ला अधिकारी टेकबहादुर केसीको नेतृत्वमा जिल्लाका तिन वटै सुरक्षा निकायको टोली पुगेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स