26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आज र भोलि देशका अधिकांश स्थानमा हावाहुरीसहित भारी वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहेको छ। यी पाँच प्रदेशका एक९दुई स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागहरुका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी , बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज र भोलि यो सिलसिला जारी रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स