26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम

काठमाडौं ।  नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न देशका विभिन्न जिल्लाहरुमा दबाबमुलक कार्यक्रमहरु भएका छन् । राजधानी काठमान्डौदेखि विभिन्न ठाउँहरुमा स्थानीय बासिन्दाहरुले भ्रष्टाचार विरुद्द प्रदर्शन गरेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रुपैँया ठगी गरेको घटना सार्वजनिक भएपछि भ्रष्टाचारविरूद्धको आन्दोलनमा देशका विभिन्न ठाउँमा नागरिकहरु उत्रिएका छन् ।

काठमाडौंको माइतीघर मण्डलमा शनिवार भएको भष्टाचारविरोधी धर्ना कार्यक्रममा राजनीतिक नेता तथा सामाजिक व्यक्तित्वहरू समेतको संलग्नता देखियो । उच्च राजनीतिक व्यक्तित्वबाटै भ्रष्टाचार भएको घटना बाहिरिएपछि प्रदर्शनमा सामाजिक अभियन्ता डा। गोविन्द केसी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगाएत सहभागी हुनुभयो ।

धर्नामा सहभागीहरुले कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ । भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार । टोपबहादुर कि टापबहादुर । सरकार ठूलो माछा पकडी, लगा छिटो हत्कडी, भन्ने नाराहरु लेखेर प्रदर्शन गरेका थिए । प्रदर्शन कार्यक्रममा डा गोविन्द केसीले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

शनिबार काठमाडौं सहित पोखरा, विराटनगर, भैरहवा, सिन्धुलीमाडी लगायत विभिन्न शहरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएका छन् । भ्रष्टाचारको विरोधमा कतै कविता वाचन कतै नाटक प्रस्तुत गरिएका छन् । पूर्वमन्त्रीदेखि विभिन्न सरकारी अधिकारीहरु समेत पक्राउ पर्न थालेपछि भ्रष्टाचारको विरोधमा र भ्रष्टाचारीलाई कारबाही गर्ने कामको समर्थनमा दबाबमुलक कार्यक्रम गरिएको धर्नामा सहभागीहरुको भनाइ छ ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स