29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गाउँपालिका अध्यक्षको पारिश्रमिकबाट विपन्नको घर निर्माणमा सहयोग

दाङ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अतिविपन्न परिवारलाई घर निर्माणको लागि आर्थिक सहयोग गरेका छन् ।

पालिकाको वडा नं ३ स्थित नयाँबस्तीमा बस्ने मिर्गौला रोगी तथा अतिविपन्न उमेश घर्ती मगरलाई घर निर्माणमा सहयोग गर्ने उदेश्यले पालिका अध्यक्ष बिष्टले तीस हजार रुपैयाँको चेक प्रदान गरेका हुन् । बिष्ट नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् ।

त्यस्तै उमेश घर्तीलाई प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलले तीन हजार र राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली दुई हजार नगद सहयोग गरेका छन् ।

यस्तै, निर्माण व्यवसायी गन्जबहादुर विष्ट, तुला गिरी, झग्गु अधिकारी र सरद गिरीले फर्निचरका सामग्रीलगाय ढुङ्गा, बालुवा, गिट्टी सहयोग गरेका छन् । घर्तीको घर निर्माणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदानसमेत गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स