24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गोसाँईकुण्ड गाँउपालिकाबाट छात्रछात्रालाई पोशाक वितरण

रसुवा । रसुवाको गोसाँईकुण्ड गाँउपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुका लागि विद्यालय पोशाक बितरण गरेको छ । शैक्षिक शत्रको शुरुभएसँगं पालिका भित्रका १५ वटा सामुदायिक विद्यालयमा अध्यनरत छात्रछात्राहरुलाई गाँउपालिकाले पाइन्ट, सर्ट, ज्याकेट,कोट तथा टाईसहितको पोशाक बितरण गरेको हो ।

ग्रामिण क्षेत्रका बिपन्न परिवारका छात्रछात्राहरु रहेकाले बाल कक्षादेखि १२ कक्षासम्म अध्ययनरत एक हजार एक सय दश जना बालबालिकाहरुलाई गाँउपालिकाले पोशाक बितरण गरेको जनाएको छ । पोशाक बितरणको लागि करिब ४५ लाख रुपैँया लागेको गाँउपालिकाले जनाएको छ ।

यसैगरी, पोशाक बितरणले अभिभाकको आर्थिक भारमा कमी आउने तथा बालबालिकाहरु नियमित बिद्यालय उपस्थित हुन प्रोत्साहन गर्ने तथा बालबालिकाहरुको पठनपाठनमा सुधार आउने गाँउपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो ।

ग्रामिण क्षैत्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको शैक्षिक अवस्था सुधार गर्नका लागि आगामी आर्थिक बर्षको सुरुवात मै छात्रबास निमार्ण गरी छात्रबृत्तीसहित निशुल्क पठनपाठन गरिने गाँउपालिकाले जनाएको छ ।।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स