24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

मधेश सरकारबाट एमाले बाहिरियो

जनकपुरधाम । मधेश सरकारबाट प्रदेशसभाको सबभन्दा ठूलो नेकपा एमाले बाहिरिएको छ । एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला बालबालिका युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले पदबाट राजीनामा दिएका हुन् । एमालेले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । यसबारे विषयमा संसदीय दलको बैठकबाट निर्णय गरिने निवर्तमान मन्त्री सिंहले जानकारी दिए ।

१० पुसमा बनेको ७ दलको गठबन्धन अनुसार एमाले केन्द्रसँगै मधेस प्रदेश सरकारमा सहभागी भएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले मंगलबार मधेस सरकार छाडेको हो । स्रोतका अनुसार मुख्यमन्त्री यादवले सोमबार राति एमालेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका हुन् । प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेसले सरकारमा सहभागिताका लागि एमालेलाई हटाउन मुख्यमन्त्री यादवलाई दबाव दिएका थिए ।

एमालेको बहिर्गमनसँगै कांग्रेस, लोसपा र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री यादवको तयारी छ । २२ प्रदेशसभा सदस्य भएको कांग्रेस, ९ सिट भएको लोसपा र ७ सिट भएको एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुन तत्पर छन् । लोसपाका प्रदेशसभा सदस्य उपेन्द्र महतो र रत्नेश्वर गोइतले पनि आफ्नो दल सरकारमा जान तयार रहेको बताउँछन् । कांग्रेसले तीनवटा मन्त्रालयबाट नघट्ने संकेत गरेको छ भने लोसपा र एकीकृत समाजवादी मन्त्रालयलाई एकएक वटा मन्त्रालय दिनुपर्ने नतोहरु बताउँछन् । मुख्यमन्त्रीसँग बाँकी एमालेले छाडेका चार वटा मन्त्रालय मात्र छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स