26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गुल्मीको चन्द्रकोट गाउँपालिकामा मौसम स्टेशन स्थापना

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा मौसम स्टेशन (Weather station) स्थापना गरिएको छ ।

कृषि सम्बन्धी प्राविधिक विषय अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु तथा कृषकहरुलाई यस क्षेत्रको बर्ष भरिको सापेक्षित आद्रता, हावाको मात्रा, तापक्रम र बर्षाको तथ्याङ्कीय जानकारी उपलब्ध हुनेछ ।

कुन समयमा कुन बाली लगाउन उपयुक्त हुने र कस्तो बाली लगाउँदा राम्रो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा समेत कृषि बिशेषज्ञ र प्राविधिकहरुले यसको तथ्याङक अध्ययन गरेर योजना निर्माण गर्न सजिलो उदेश्यले राखिएको हो । यो मौसम मापन यन्त्रले विद्यालयमा मौसम सम्बन्धी सैद्धान्तिक अध्ययन गर्दै आएका बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान उपलब्ध गराउन सहज हुने गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनु भयो ।

चन्द्रकोट ४ शान्तिपुरमा परियोजना संचालन गरिरहेको रुरु जलविद्युत परियोजनाको प्राविधिक र आर्थिक सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा स्थापित यस प्रकारको Weather station सम्भवत् नेपालका विद्यालयस्तरका शैक्षिक संस्थामा स्थापना गरिएको पहिलो स्टेशन भएको रुरु जलविधुत परियोजनाका म्यानेजर विष्णुप्रसाद ज्ञवालीले बताउनु भयो । वातावरणिय परिवर्तनले हुने रेसियोको बारेमा जानकारी दिने हुँदा वातावरणीय प्रभाव न्यूनीकरणका कार्यक्रम गर्न सजिलो हुनेछ ।

हालसम्म यस क्षेत्रमा कुनै Weather station नभएकोले यस क्षेत्रका लागि उक्त प्रविधि उपयुक्त हुने विश्वास गरिएको छ । उक्त उपकरणमा जोडिएको सबै सेन्सरहरु अमेरिकन कम्पनी Sparkfun Electronic बाट निर्मित गरिएको र नेपाल सरकारको Department of Hydrology and Metrology ले त्रिभुवन युनिभर्सिटीमा जडान गरिएको Weather station af6 Caliberation गरिएको रुरु जलविधुत परियोजनाले जनाएको छ ।

उक्त स्टेशन उदय माध्यमिक विधालयको प्राङ्गणमा विद्यालयका प्रधानाध्यापक, कृषि विषयका शिक्षकहरु र स्थानिय अगुवाहरुको उपस्थितिमा जडान गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स