29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपनिर्वाचनका लागि २६ दलको निवेदन

काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलबाट दल दर्ताका लागि निवेदन परेको छ । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न दिएको समयसीमा आइतबार सकिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबारसम्म २६ वटा दलले दर्ताका लागि निवेदन दिएको जानकारी दिनुभयो । तीन राजनीतिक दलले एकल चुनाव चिह्न लिएर चुनावमा स्पर्धा गर्ने जनाउँदै संयुक्त निवेदन दिएका हुन्। एकल चुनाव चिह्न लिएर स्पर्धा गर्न नेपाल आमा पार्टी, नेपाल सुशासन पार्टी र पुनर्जागरण पार्टी, नेपालले संयुक्त निवेदन दिएका हुन्।

राष्ट्रपतिको निर्वाचनपछि तनहुँ–१ र उपराष्ट्रपतिको निर्वाचनपछि बारा–२ प्रतिनिधि सभा क्षेत्र रिक्त हुँदा दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार सबै दलबाट दुवै निर्वाचन क्षेत्रमा भाग लिने गरी निवेदन परेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स