29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन गर्ने भएको छ । उम्मेदवारहरूको अन्तिम नामावली आज साँझ ५ः०० बजेभित्र प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट तीन र नेकपा एमालेबाट एक गरी जम्मा चार जनाले उम्मेदवारी दिनुभएका छ । गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमीला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिनुभएको छ भने । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । जनता समाजवादी रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै नेकपा एमाले र जनमत पार्टीले निर्वाचन आयोगमा उजुरी दिएको छ। राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार हुन नहुने उजुरीकर्ताको दाबी छ ।

आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स