26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुर।  बलिदानी दिवसको अवसरमा आज बिहीबार मधेस प्रदेशमा सार्वजनिक बिदा गरिएको छ । मधेस सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

मधेस आन्दोलनको क्रममा प्रथम सहिद रमेश महतोको सम्झनामा मधेस सरकारले माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन् । २०६३ को मधेस आन्दोलन क्रममा सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गर्नुहुने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँकै सम्झनामा मधेस सरकारले माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेस सरकारले आज बिहीबार बलिदानी दिवसको अवसरमा जनकपुरस्थित मधेस भवनमा सहिद परिवार र घाइतेको सम्मान गर्ने कार्यक्रम राखेको छ । मधेस सरकारले सहिद परिवार र घाइतेहरूलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स