26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

टोखा नगरपालिकाद्धारा नगरसभाको १२ औं अधिवेशन सम्पन्न

काठमाडौँ । टोखा नगरपालिकाको नगरसभाको १२ औ अधिबेशन सम्पन्न भएको छ । सो अवसरमा ११ औँ अधिवेशनबाट स्वीकृत भएका योजना तथा कार्यक्रम कार्यन्वयनको विषयमा छलफल गरीएको छ । अधिवेशनमा उपप्रमुख मुरारि तामाङ्ले २०७८र७९ को निति बजेट तथा कार्यक्रमको समिक्षत्मक विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आवको लागि स्वीकृत भएको बजेटमद्ये हाल सम्म चालु तर्फ १७ करोड, ४१ लख, ५७ हजार अर्थात २४.६५ प्रतिशत र पुँजिगत तर्फ १६ करोड, ४९ लाख, ७४ हजार अर्थात ११।७१ प्रतिशत गरि ३३ करोड ९१ लाख, ३१ हजार अर्थात १६.०२ प्रतिशत खर्च भएको जनकारि दिनुभयो ।

कार्यक्रमको अवसरमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले २०७८र७९ को संसोधित बजेट पास गरेको बताउनुभयो । साथै भु उपयोग नितिअनुसार प्लटिङ गर्ने फुटपाथ बनाउने लगायतका कार्य गर्ने निर्णय गरेको जानकारि दिनुभयो ।

यस्तै कार्यक्रमको संक्षिप्त प्रतिक्रीया दिँदै प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकले २०७८र७९ को निति बजेट तथा कार्यक्रमको विद्यामान अवस्था, समिक्षा र कार्यक्रम तथा योजनाको आवस्यकता अनुसार संसोधन गरेको बताउनुभयो । यस्तै कार्यक्रम र योजना छीटो सम्पादन र कार्यन्वयन गर्ने छलफल भएको बताउनभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स