30.1 C
Kathmandu
Saturday, June 15, 2024
spot_img

प्रदेश १ का मुुख्यमन्त्री हिक्मत कार्कीले आज शपथ लिने

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शपथ लिदैछन् । कार्कीले पद तथा गोपनियताको शपथ दिउँसो लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

कार्कीले आजै सानो आकारको मन्त्रीमण्डलसमेत गठन गर्ने बुझिएको छ । उनले आज एमाले, राप्रपा र माओवादी केन्द्रबाट एक एक जना मन्त्री नियुक्त गर्नेछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेस २९, नेकपा एकीकृत समाजवादी ४, एमालेका ४०, माओवादी १३, राप्रपा ६, जसपा एक सांसद निर्वाचित भएका छन् । एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी कार्कीले ६० सांसदको समर्थन पाएका छन् ।

झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स