29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान सुरु

धनगढी । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण लगत्तै निर्मला पन्तको हत्यारा पत्ता लगाउन निर्देशन दिएका थिए।

त्यस लगत्तै दुर्गा सिंह नेतृत्वमा समितिसमेत गठन गरिएको थियो। डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा पुगेर निर्मला पन्तको हत्या अनुसन्धान सुरू गरेको छ।

२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको हो।

रगतको नमुना लिएर काठमाडौँस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ। उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए।

पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स