26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

तराईमा अत्यधिक चिसो, जनजीवन प्रभावित

वीरगञ्ज । तराईमा चिसो अत्यधिक बढेको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ । वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ ।

एक साता यता यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको सर्वसाधरणले बताएका छन् । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ । विशेष गरी कोल्ड डायरिया, दम खोकीले सर्वसाधरणलाई सताएको चिकित्सकहरु बताउँछन् । शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिने गरेको छ । चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा(ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रताडित छन् ।

यो साता वीरगञ्जको तापक्रम एकदमै कम देखिएको वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउतले जानकारी दिए । सोमबार साँझ न्युनतम तापक्रम १० डिग्री मापन गरिएको थियो । यो वर्ष सबैभन्दा कम तापक्रम पुस १४ गते मापन गरिएको थियो । पुस १४ गते न्युनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको थियो । ‘एक सातादेखि चिसो बढेको बढेकै छ । मौसममा सुधार आउन सकेको छैन्,’ उनले भने, ‘ त्यसैले चिसो धेरै छ । सबैभन्दा कम तापक्रम पुस १४ गते ७ डिग्री देखिएको थियो ।’ उनका अनुसार बिहान ८ः४५ बजेको न्युनतम र बेलुका ५ः४५ बजे अधिकतम तापक्रम रेकर्ड राख्ने गरिएको ५ ।

कतै दाउरा वितरण, कतै पर्खाइमा नागरिक
चिसोबाट बच्न मध्य तराईमा समूहमा बसेर आगो तापेको दृश्य देखिएको छ । आ(आफ्नो घर अगाडी दाउरा, मुढा, कोइला बालेर तापेका हुन् । बाक्लो हुस्सुसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

चिसोबाट नगरबासीलाई जोगाउन पर्सागढी नगरपालिकाले दाउरा वितरण गरेको छ । सबैया साझेदारी वन व्यवस्थापन समूहबाट दुई चट्टा काठ खरिद गरि वितरण गरिएको मेयर गोकर्ण पाठकले जानकारी दिए । पालिकाको नौ वटै वडाको चोकचोकमा आगो बाल्न दाउरा पठाईएको उनले बताए ।

पालिकाले दिएको दाउरा बालेर दिनभर चोकमा आगो तापेर बसेको वडा नं। ३ का मुकेश चौधरीले बताए ।तर कतिपय पालिकाले भने दाउरा वितरण गर्न सकेका छैनन् । गतवर्ष पालिकाले आगो ताप्न दाउरा वितरण गरेको भएपनि यसपटक वास्ता नगरेकोे स्थानीयको गुनासो छ । चिसोमा न्यानो लत्ता कपडाको अभावमा जीवन कष्टकर हुने जिराभवानी गाउँपालिका(२ का माथुर माझी मुसहरले बताए ।

जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले भने डिभिजन वन कार्यालयले पालिकालाई काखापाखा गरेको आरोप लगाए । ‘दैनिक एक जना कर्मचारी डिभिजन वन कार्यालयमा धाइरहेका छन् ।’ उनले भने ‘तैपनि हामीलाई दाउरा उपलब्ध हुन सकेको छैन ।’

पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले पनि दाउराका खरिद गर्नका लागि आवश्यक रकम डिभिजन वन कार्यालयको खातामा दाखिला गरेपनि दाउरा नआएकोले वितरण गर्न नसकेको बताए ।

डिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँले भने कार्यालय प्रमुख विदामा रहेकाले दाउरा उपलब्ध गराउन नसकेको बताए । कार्यालय प्रमुख आउने वित्तिकै पालिकाहरुलाई दाउरा पठाउने उनको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स