24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

यस्तो नगरपालिका, जसले जनताको घर दैलोमै पुगेर सेवा दिँदै छ

दमौली । सङ्घीयताको मूलमर्म अनुसार केन्द्रीय शासन सत्तालाई विकेन्द्रीत गरी जनताको घरदैलोमा सेवा पुर्याउन स्थानीय स्तरमा पालिका बनाईएका हुन् । तिनै स्थानीय स्तरका पालिकाहरु हिजोआज भने मुलमर्म अनुसार नै जनताको घर दैलोमा नै पुगेर सेवा प्रवाह गर्न थालेका छन् ।

यो सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण एक अंश पनि हो । यस्तैमा घर घरमा सिंहदरबारको प्रत्याभूति दिलाउन तनहुँको व्यास नगरपालिका जनताको घरदैलोमा पुगेको छ । नगरपालिकाले सबै वडामा योजनाबद्ध तरिकाले ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गरी एकिकृत घुम्ती सेवा मार्फत घर आँगनमै पुगेर सेवा दिन थालेको हो । पहिलो चरण अन्तर्गत एकिकृत घुम्ति शिविर मार्फत सोमबार पुस ११ गते देखि पुस २० सम्म सेवा प्रदान गर्ने कार्य भईरहेको छ ।

शिविरमा नगरपालिका तथा वडाबाट सम्पादन हुने विविध कार्यहरु शिविर मार्फत घरदैलोबाटै सम्पादन हुने व्यवस्था मिलाइएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो । ‘ग्रामिण भेगका जनतालाई स्थानीय स्तरमै झन्झट रहित सेवा प्रवाह गर्न शिविर सञ्चालन गरेका हौं’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।

नगरपालिका अनुसार वडा नं १ को कार्यालयबाट सञ्चालनमा ल्याइएको शिविर नगरपालिकाको वडा नं १ र ५ देखी १४ सम्मका वडाहरुमा सञ्चालन गरिने छ । १४ वटै वडामा पहिलो चरणको सेवा प्रदान गरिने र यसको प्रभावकारिताको अध्ययन गरेर र नागरिकहरुको सहभागिताको आधारमा पुनः सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । ‘नागरिकलाई नगरपालिकाले प्रदान गर्ने सेवाहरु उहाँको घरदैलोमा नै लिएर गाउँ गाउँमा पुगेका छौं’ नागिलाले भन्नुभयो ।

नागिलाका अनुसार योजना सम्झौता घर आँगनमै गर्ने, एकिकृत स्वास्थ सेवा अन्तर्गत स्वास्थ्यका आधारभूत सेवाहरु उपलब्ध गराईएको छ । कृषि अन्तर्गत कृषि परामर्श र औषधी, बिउ बिजनहरु शिविरबाटै प्रदान गरिएको छ । बालीमा देखापर्ने रोगको जैविक बिषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । पशु औषधी र पशुपरामर्श पनि शिविरबाटै भईराखेको छ । पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट सञ्चालन गरिने परिचयपत्र गरिएको सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ता जस्ता सेवा दिन दिईएको छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तन क्यान्सर, औलो रोग, मधुमेह, उच्च रक्तचाप लगायत परीक्षण गरिनेछ ।

कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुईवर्ष मूनिका बालबालिकाहरुको वृद्धि अनुगमन र पोषण सम्बन्धि सेवा प्रदान गरिएका छन् । आयुर्वेद एकाईबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ ।

शिविरमा दुई दिनको अवधिमा पाँच सय जना लाभान्वित भएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । दोस्रो दिन मङ्गलबार वडा नम्बर ६ को शिसाघाटमा सञ्चालन गरिएको छ । नगरपालिकाले घुम्ती सेवा शिविरको आयोजना गरेर नगरपालिकाको सबै सेवा वडा–वडामा पु¥याउँदा जनतामा उत्साह छाएको छ । विरामी भएर स्वास्थ्य जाँच गर्न आउनु भएकी शिसाघाट निवासी गोमा कुमालले नजिकको सरकार भएको महशुस भएको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स