30.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशन सुरु

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशन आजदेखि सुरु भएको छ । कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आजदेखि महधिवेशन सुरु हुन लागेको हो ।

देशभरका ४६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सहभागितामा महाधिवेशन हुने महासंघले जनाएको छ । मंसिर २५, २६ र २७ गते हुने सो महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको हो ।

महाधिवेनबाट आगामी पाँच वर्षको लागि महासंघको नयाँ नेतृत्वको चयन हुने छ । विषयगत विज्ञहरुसँग अन्तरक्रिया, स्थानीय सरकार सवलीकरण सम्बन्धि कार्टुन चित्र प्रदर्शनी र काठमाडौं घोषणापत्र जारी गर्ने कार्यक्रम सो महाधिवेशनमा हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स