29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

१२४ मतान्तरले धनुषा ४ बाट रघुवीर महासेठ विजयी

धनुषा । धनुषा क्षेत्र न। ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा९एमाले० का उम्मेदवार रघुवीर महासेठ विजयी हुनु भएको छ । उहाँले वाम–गठबन्धन तर्फका नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दे विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई नेता बीच कडा प्रतिस्पर्धा भएको थियो । महासेठले ३२ हजार २३६ मत प्राप्त गर्नुभएको छ भने यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभएको छ । सेठ एमालेका केन्द्रीय सचिव हुनुहुन्छ । यो मतपरिणामसँगै एमालेले प्रत्यक्ष तर्फ ४३ वट स्थानमा विजयी हासिल गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स