24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मेलम्चीको पानी मङ्सिर २५ गतेभित्र उपत्यकामा वितरण गरिने

काठमाडौं । काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौँमा वितरण सुरु हुने भएको छ ।

आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।

करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएकापछि सोमबारदेखि काठमाडौँको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो ।

यस पटक कम्तीमा ६ महिना काठमाडौँमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स